काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दीपक बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएको छ। पार्टीले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको विवरण अद्यावधिक गर्दै निर्वाचन आयोगमा निवेदन पेश गरेको थियो।
निवेदनअनुसार, बोहरालाई कोषाध्यक्षको पदबाट हटाएर केवल केन्द्रीय सदस्यको रूपमा सीमित गरिएको छ। निर्वाचन आयोगले बुधबार अध्यावधिक गरी सार्वजनिक गरेको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको सूचीमा बोहरालाई केन्द्रीय सदस्यकै रूपमा कायम गरिएको उल्लेख गरिएको छ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया