काठमाडौं ।  मनसुनको न्यूनचापीय रेखा तराई आसपास अवस्थित रहँदा मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका अधिकांश स्थानमा वर्षा भएको हो ।

विभागले देशभर पूर्णतया बदली रहेको र अधिकांश स्थानमा मध्यम वर्षा भएको जानकारी दिएको छ । मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भीषण वर्षा र एक/दुई स्थानमा धेरै भीषण वर्षा भएको छ । कर्णाली प्रदेशको एक/दुई स्थानमा भीषण वर्षा भएको छ ।

advertisement

यसै गरी काठमाडौँ उपत्यकामा पनि बुधबार दिउँसो वर्षा भएको छ । रातिसम्म वर्षा नरोकिएका कारण बागमती नदी तथा विष्णुमती, मनोहरा, हनुमन्तेसहितका सहायक खोला किनार आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com