काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्नुअघि युरोपेली नेतासँग कुरा गरेका छन्। ट्रम्पको यो कूटनीतिक छलफलले युक्रेनको सुरक्षाका विषयमा धेरै आशा पलाएको छ।

ट्रम्पले पुटिनसँगको भेटको लक्ष्य युक्रेनमा युद्ध अन्त्य भएको कुरा युरोपेली नेतालाई बताएका हुन्। उनले भूभाग सम्बन्धी निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सहमतिमा मात्र हुने प्रष्ट पारेका छन्।

advertisement

फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोँले सुरक्षाको ग्यारेन्टी पनि सो वार्ताको मूल विषय हुनेमा ट्रम्पले आश्वस्त तुल्याएका छन्।

ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले बेलायत, फ्रान्स, जर्मनी, इटाली, फिनल्यान्ड र पोल्यान्डका नेताका साथमा युरोपेली युनियनकी उरुस्ला भान डेर लियन र नाटो प्रमुख मार्क रुइटसँग वार्ता गरेका हुन्। ट्रम्पले शुक्रबार अलास्कामा हुने वार्तामा ध्यान दिनुपर्ने विषयमा छलफल गर्न उनीहरूले अन्तिम पहल गरेका हुन्।

यसअघि बुधबार नै ट्रम्पले पुटिनले युद्ध अन्त्यमा चासो नदेखाएका धेरै खराब अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिइसकेका छन्। ट्रम्पले शुक्रबार हुने बैठक सही दिशामा गए तत्कालै जेलेन्स्कीको उपस्थितिमा अर्को बैठक राख्ने बताए।

जर्मनीका चान्सलर फ्रेडरिक मर्ज युद्ध अन्त्यका लागि अन्तिम वार्तामा जेलेन्स्कीको उपस्थिति आवश्यक भएको बताउँदै रुसले अटेर गरेमा अमेरिका र युरोपेली देश मिलेर थप दबाब दिनु आवस्यक भएकोमा जोड दिन्छन्।

 

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com