काठमाडौं ।अखिल नेपाल फुटबल सघ (एन्फा) को आयोजनामा बिहीबारदेखि एन्फा महिला लिग छनोट आयोजना हुने भएको छ।

एन्फा प्रवक्ता सुरेश शाहले बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

advertisement

एन्फा फुटबल मैदान सातदोबाटो र च्यासलस्थित च्यासल रङ्गशालामा हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ।
जसमध्ये शीर्ष पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीबिचमा प्ले अफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ।

प्रतियोगिता प्रमुख सञ्जीव मिश्रले एसियाली मानचित्रमा नेपाली महिला फुटबलको स्तर बढेको सन्दर्भमा एक टोलीलाई कम्तीमा छ खेलकालागि अवसर दिन यो संरचना उपयुक्त भएको
बताए।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन्।

समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्। पहिलो दिन आज एफसी रियल र छहारी तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबबिच खेल हुने छन्।

प्रतियोगितामा कुल ४३ खेल खेलिने छ। प्रतियोतिगाको अनुमानित बजेट ८९ लाख ७३ हजार ५७१ रुपियाँ रहेको छ।

 

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com