काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत बर्ष बैंकिङ कसुरका घटनामा वृद्धि भएको बताएको छ ।

प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा ५ हजार ७ सय १ उजुरी दर्ता भएकोमा गत बर्ष ६ हजार ५ सय ५३ घटना दर्ता भएका थिए । एक वर्षको अवधिमा काठमाडौं प्रहरीले ५ हजार ५ सय १२ जना विरुद्धको फैसला कार्यान्वयनबाट जरिवाना स्वरुप १४ करोड २० लाख रुपैयाँ उठेको जनाएको छ ।

advertisement

यसैबीच, प्रहरीले काठमाडौंमा सुरक्षा व्यवस्थाका लागि जनशक्तिको अभाव भएको बताएको छ । प्रहरीका अनुसार काठमाडौंमा ४ हजार १६ जना जनशक्तिको दरबन्दी भएपनि अझै ८ सय १५ जनशक्ति अभाव देखिएको हो । गत आर्थिक बर्षमा काठमाडौंमा धर्ना तथा विरोधका गरी १ हजार बढी कार्यक्रम भएको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ ।

 

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com