काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युक्रेनसँग तत्काल युद्धविराम गर्न चेतावनी दिएका छन् । उनले युद्ध जारी रहँदै गए रुसले “अत्यन्तै गम्भीर परिणाम” भोग्नुपर्ने स्पष्ट संकेत गरेका छन् ।
अलास्कामा हुने तय भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटअघि वाशिङटन डीसीमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “कस्तो परिणाम भन्ने कुरा अहिले खुलाउन चाहन्नँ । तर यत्ति भने जानून् — यदि युद्धविराम भएन भने रुसका लागि त्यसको असर निकै गम्भीर हुनेछ ।”
ट्रम्प र पुटिनबीच १५ अगस्टमा वार्ता तय भएको छ । सो वार्तामा युक्रेन युद्ध अन्त्यका सम्भावित उपायबारे गहिरो छलफल हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया