काठमाडौं । पाकिस्तानले आफ्नो ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नयाँ “आर्मी रकेट फोर्स कमान्ड” स्थापना गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री शहबाज शरीफले इस्लामाबादस्थित जिन्ना ग्राउन्डमा आयोजित मुख्य समारोहमा यो घोषणा गरेका हुन् ।

बीबीसी उर्दूका अनुसार, प्रधानमन्त्री शरीफले उक्त फोर्स अत्याधुनिक प्रविधिले सुसज्जित रहने र हरेक दिशाबाट शत्रु लक्ष्यविन्दुमा प्रहार गर्न सक्षम हुने बताए । उनका अनुसार, यसले पाकिस्तानको परम्परागत युद्ध क्षमतालाई अझ सबल बनाउनेछ ।

advertisement

शरीफले पाकिस्तानको परमाणु शक्ति आक्रामक उद्देश्यका लागि नभई भारतको परमाणु क्षमताविरुद्ध रक्षात्मक सुरक्षा सुनिश्चित गर्न विकास गरिएको स्पष्ट पारे ।

कश्मीर र अन्तर्राष्ट्रिय समर्थन
प्रधानमन्त्री शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आभार व्यक्त गर्दै, युद्धविराम गराउन ट्रम्पले सकारात्मक पहल गरेको दाबी गरे । उनले संयुक्त राष्ट्रसंघको प्रस्ताव र क्षेत्रीय स्थायी शान्तिको मापदण्डअनुसार कश्मीर मुद्दा समाधानमा ट्रम्पको सहयोगको अपेक्षा व्यक्त गरे ।

उनले थपे, जबसम्म फलस्तिनी र कश्मीरी जनताले आफ्ना अधिकार प्राप्त गर्दैनन्, पाकिस्तानले उनीहरूलाई नैतिक, कूटनीतिक र राजनीतिक समर्थन निरन्तर प्रदान गर्नेछ ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com