काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी दुई सातापछि चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। यो भ्रमणको उद्देश्य चीनमा हुने शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुनु रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

दुई दिनको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने सम्भावना छ। यसअघि, ओलीले मंसिर १७ गते चीनको चारदिने औपचारिक भ्रमण गरेका थिए।

advertisement

नेपाल सन् २०२० देखि एससिओको संवाद साझेदारका रूपमा सक्रिय रहँदै आएको छ। सन् २००१ मा स्थापना भएको यस संगठनमा हाल चीन, भारत, रूस, पाकिस्तान, इरान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र बेलारुस गरी १० देश सदस्य छन्।

यसबाहेक नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, अर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरब र युएईसहित १४ देश संवाद साझेदारका रूपमा छन्। यसपटकको सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत सदस्य राष्ट्रका शीर्ष नेताहरू सहभागी हुनेछन्।

चीन भ्रमण सम्पन्न गरेलगत्तै प्रधानमन्त्री ओली भदौ ३१ गते भारत जाने कार्यक्रम छ। भारत भ्रमणअघि भदौ १ गते भारतका परराष्ट्र सचिव विक्रम मिश्री काठमाडौं आउने तय भएको छ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com