काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षका प्राथमिक कार्यहरू र अपेक्षित उपलब्धि सुनिश्चित गर्न आज उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे हुने कार्यक्रममा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र कार्यसम्पादन सम्झौतामा हस्ताक्षर तथा आदान–प्रदान हुनेछ। गत वर्ष भदौ २७ गते यस्तै सम्झौता गरिएको भए पनि यस वर्ष करिब एक महिना अगावै सम्पन्न हुँदैछ।

advertisement

प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरका अनुसार, सम्झौता समयमै सम्पन्न हुँदा वर्षभरका कामलाई छिटो र प्रभावकारी ढंगले कार्यान्वयन गर्न सहज हुनेछ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा गर्न पूर्वाधार निर्माण र सेवा प्रवाह सुधारलाई तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास ओलीको अघिल्लो कार्यकालमै सुरु भएको हो।

प्रधानमन्त्रीसँग सम्झौता गरेका मन्त्रीहरूले त्यसपछि आफ्ना मन्त्रालयका सचिवहरूसँग पनि यस्तै कार्यसम्पादन सम्झौता गर्ने व्यवस्था छ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com