काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबार प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्। दुवै दलले भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन नबनेको भन्दै विरोध जनाएका हुन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउँदाैँ, रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुखले रास्वपा सांसद चन्दा कार्की (भण्डारी)लाई बोलाउँदै भिजिट भिसा प्रकरणमा मागअनुसार समिति नबनेकोले विरोध जारी राख्ने बताउन लगाइन्। उनले मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएका विषयमा पनि छानबिन गर्न माग गरिन्।

advertisement

यसपछि राप्रपाका सांसद ध्रुवबहादुर प्रधानलाई बोलाएर उनले पनि भिजिट भिसा प्रकरणमा समिति गठन नभएसम्म विरोध जारी रहने बताए। उनले संसद बैठक बहिस्कार गर्ने र बहिस्कार हुने दिनको भत्ता नलिने प्रतिबद्धता व्यक्त गरे।

दुवै दलका सांसदहरूले आफ्ना कुरा राखिसकेपछि संसद् बैठक कक्षबाट बाहिरिएका छन्। रास्वपा र राप्रपा प्रतिनिधिसभामा गत जेठ १३ गतेदेखि नै भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग गठनको माग गर्दै विरोध प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com