काठमाडौं ।  सामाजिक विचारक महेश बस्नेतले व्यक्तिको चरित्र नचिनेर संगत गर्दा दीर्घकालीन नोक्सानी हुने चेतावनी दिएका छन्। बस्नेतले आफ्नो विचार व्यक्त गर्दै भनेका छन्, “खराब र गलत व्यक्ति कोइलाजस्तै हुन्छन्। तातो हुँदा पनि पोल्छ, चिसो हुँदा पनि हात कालो पार्छ र दाग छोडेर जान्छ। तत्काल वा ढिलो दुवै अवस्थामा हानि गर्छ।”

उनले चेतावनी दिँदै भनेका छन् कि संगत गर्नुअघि व्यक्तिको चरित्र र स्वभावलाई चिन्नु अत्यन्त जरुरी छ। बस्नेतका अनुसार सही निर्णय र विचारले मात्र दीर्घकालीन जीवनमा सकारात्मक प्रभाव पार्न सक्छ।

advertisement

विशेषज्ञहरू पनि सामाजिक सम्बन्धमा सजग रहन आवश्यक रहेकोमा जोड दिँदै, संगतको प्रभाव दीर्घकालीन हुने भएकाले व्यक्तिको मनोवृत्ति र चरित्र पहिला बुझ्न आवश्यक रहेको बताउँछन्।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com