काठमाडौँ । प्रतिनिधिसभा सदस्य माधव सापकोटाले बिहीबारको बैठकमा सरकारले संसद्ले दिएको निर्देशन पालन गर्ने र प्रश्नहरूको जवाफ दिने भन्दा मिडिया र सोसियल मिडियाका लागि अनावश्यक र मित्थ्या कथाहरू सिर्जना गर्न ध्यान केन्द्रित गरेको आरोप लगाएका छन्।

सापकोटाले भने, “सरकार विषयान्तर भएको छ र यसप्रति खबरदारी आवश्यक छ।” उनले तातोपानी र रसुवागढी नाका बन्द हुँदा चाडबाडको समयमा महँगी बढ्ने जोखिमप्रति पनि चिन्ता व्यक्त गरे।

advertisement

सांसद सापकोटाले संसद र जनताप्रति जिम्मेवारीपूर्वक काम गर्न सरकारलाई सचेत गराएका छन्।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com