काठमाडौं ।  पशुपति आर्यघाटमा अन्त्येष्टिको क्रममा शवबाट हड्डी निकालेर बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौँको कपन बसोबास गर्दै आएका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी घर भई गौरीघाट बस्दै आएका ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्।

advertisement

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ठाकुर हड्डी र खरानी खरिद गर्ने मुख्य व्यक्ति हुन् भने यादवले उनलाई सहयोग गरेको बताइएको छ।

घटना गत साउन २३ गतेको हो। बनेपा–९ घर भई कोटेश्वर नरेफाँटमा बसोबास गर्ने ६५ वर्षीय राम शाहीको शव पशुपति आर्यघाटको चिता नम्बर २ मा जलाइरहेको बेला हड्डी निकालिएको खुलेको छ।

पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानको लागि नियन्त्रणमा राखिएको छ।

 

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com