काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधि सभामा कृषिमन्त्रीको चयनप्रति आपत्ति व्यक्त गर्दै मुलुकभर फैलिएको मल अभावप्रति ध्यानाकर्षण गराएका छन्। बिहीबार भएको संसद बैठकमा बोल्दै खतिवडाले भने, “देशभर मलको हाहाकार छ। तर कृषिमन्त्रीहरू कहिल्यै मलको समस्या नबुझ्ने खालका नियुक्ति हुने परम्परा विकास भएको छ।”
सांसद खतिवडाले लम्पीस्कीनलगायत पशु रोगका कारण किसानहरू ठूलो पीडामा रहेको पनि औँल्याए। उनले सरकारसँग प्रत्येक जिल्लामा चिकित्सक र औषधि उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गर्दै भने, “जनता पीडित छन्। लम्पीस्कीन रोगले देशभरै असर पारेको छ। धेरै पशु मरिरहेका छन्। जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था होस्।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया