काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको भन्दै २ लाख रुपैयाँ जरिवाना गरेको छ।

महानगरको नियमित अनुगमनका क्रममा बिक्री–वितरणका लागि तयार गरिएको मममा धातुको औँठी फेला परेको र खाद्य पदार्थ गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएको हो।

advertisement

काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी ममले पटक–पटक निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पुष्टि भएपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३०(१)(ख) बमोजिम कारबाही गरिएको हो।

व्यवसाय सञ्चालकलाई जरिवाना रकम ७ दिनभित्र बैंकमार्फत जम्मा गर्न र सोको जानकारीसहित महानगरको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने व्यवस्था मिलाउन पनि चेतावनी दिइएको छ।

 

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com