काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा सम्पन्न गरिने प्रमुख काम र हासिल गरिनुपर्ने लक्ष्यबारे उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा आगामी वर्षका योजनासहित कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र आदान–प्रदान सम्पन्न भएको हो।
‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने उद्देश्यले पूर्वाधार निर्माण र सेवा प्रवाहमा सुधारका कामहरू तोकेको समयमै सम्पन्न गर्न यो सम्झौता गरिएको हो। यस अभ्यासको सुरुवात प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमै भएको हो।
अब मन्त्रीहरूले प्रधानमन्त्रीसँग गरेको सम्झौताअनुसार आफ्ना सम्बन्धित सचिवहरूसँग पनि कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया