काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् सम्बोधनलाई ‘हावादारी गफ’ भन्दै देश बर्बादीतिर लागेको आरोप लगाएका छन्।

बुधबार प्रधानमन्त्री ओलीले आफ्नो सरकारको एक वर्षे उपलब्धि सदनमा प्रस्तुत गरेपछि बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले ओलीको शैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

advertisement

अध्यक्ष दाहालले भने, “गफ दिँदा जे बोले पनि हुन्छ, तर वास्तविक धरातलमा के भइरहेको छ भन्ने कुरा जनताले देखिरहेका छन्। प्रधानमन्त्री धरातल छोडेर हावादारी गफमा गए, जसले देशलाई बर्बादीतिर धकेलेको छ।”

सदनमा उठेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको विषयप्रति पनि दाहालले आपत्ति जनाएका छन्। उनले भने, “टीयूको अवस्थाबारे मैले सदनमा बोलेको कुरा ठिक छ। प्रधानमन्त्रीले त्यसलाई मात्र मुद्दा बनाए, त्यो गलत हो।”

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आफ्नो सरकारको पहिलो वर्षमा हासिल गरेका कामहरूको विस्तृत फेहरिस्त प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com