काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ स्वास्थ्य उपचारका लागि चीनको बेइजिङ पुगेका छन्।
श्रेष्ठको सचिवालयले जानकारी दिँदै भनेका छन् कि उनी बुधबार राति नियमित स्वास्थ्य जाँच र उपचारका लागि बेइजिङ प्रस्थान गरेका हुन्।
सन् २०८० मा चीन भ्रमणका क्रममा श्रेष्ठलाई हृदयाघात भएको थियो। त्यसबेला उनलाई पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको थियो र अस्पतालले हृदयाघात भएको पुष्टि गरेको थियो।
सचिवालयका अनुसार अहिलेको भ्रमण सोही हृदयाघातको फलोअप र नियमित स्वास्थ्य परीक्षणका लागि गरिएको हो।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया