काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व केन्द्रीय सदस्य तथा सभापति रवि लामिछानेका नजिकका सहयोगी मोहनबहादुर थापालाई अमेरिकाले निष्कासित (डिपोर्ट) गरेको छ।
अमेरिकी प्रशासनले उनको ग्रिनकार्ड खारेज गरेपछि थापालाई नेपाल पठाइएको हो। म्याग्दीका स्थायी बासिन्दा थापा गत साउन २२ गते अमेरिकाबाट काठमाडौं आइपुगेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै अध्यागमन कार्यालयले उनलाई प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोमा बुझाएको थियो।
ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, थापा एक साताअघि कार्यालयमा उपस्थित भएका थिए। आवश्यक प्रक्रिया र कागजी कारवाही पूरा गरेपछि उनलाई सोही दिन छाडिएको पंगेनीले जानकारी दिए।
थापा लामिछानेका विश्वासपात्रका रूपमा परिचित छन् र लामो समयदेखि रास्वपासँग सक्रिय रूपमा आबद्ध रहँदै आएका थिए।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया