काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सेनाका पूर्व उच्च अधिकारीदेखि सुरक्षा निकायका वरिष्ठ पूर्वअधिकारीसम्म प्रवेश गरेका छन्।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली सेनाका पूर्व कर्णेल डा. (एजम्) प्रद्युम्न पौडेल, सशस्त्र प्रहरीका पूर्व डीआइजी दुर्गा भट्टराई, पूर्व एसएसपी विश्वेश्वर थापा र नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियनका उपाध्यक्ष ललित बहादुर श्रेष्ठ रास्वपामा पार्टी प्रवेश गरेका हुन् ।।
यस्तै, अन्तर्राष्ट्रिय लायन्स क्लबकी पूर्व गभर्नर तथा रेउकाई नेपालको पूर्वअध्यक्ष रहेका महिला उद्यमी शोभा जोशी पनि पार्टीमा प्रवेश गरेकी छन्।
पार्टी प्रवेश कार्यक्रमका दौरान कार्यवाहक सभापति डीपी अर्याललगायत नेताहरूले नयाँ सदस्यहरूलाई पार्टीको लोगो अर्पण गर्दै स्वागत गरेका थिए।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया