काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच बहुप्रतीक्षित शिखर वार्ता शुक्रबार हुँदैछ ।

अलास्कास्थित अमेरिकी सैन्य अड्डामा दुई देशका राष्ट्रप्रमुखबिच युक्रेनमा युद्धविराम गर्ने सन्दर्भमा शिखर वार्ता हुन लागेको हो । रुस र युक्रेनबिच सन् २०२२ को फेबु्रअरी २४ देखि युद्ध जारी छ । यस युद्धले दुवैतर्फका हजारौँ सैनिक र गैरसैनिकको ज्यान लिएको छ । अलास्का शिखर वार्तामा युद्धरत युक्रेन भने सहभागी हुने छैन ।

advertisement

युक्रेनको प्रत्यक्ष सहभागिता नहुने भएपछि युरोपेली नेताहरूले संयुक्त रूपमा ट्रम्पसँग युद्धविरामका सन्दर्भमा युक्रेन र युरोपको सिद्धान्त र सर्तहरू प्रस्तुत गरेका छन् ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूले ट्रम्पलाई पुटिनसँग युक्रेनमा युद्धविरामबारे वार्ताका लागि आफ्ना पाँच वटा सिद्धान्त र सर्त राखेका छन् । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार ती पाँचै सिद्धान्त वा सर्तमा ट्रम्प सहमत हुनुभएको छ ।

अगाडि सारिएका सर्तहरूमा जमिन अदलीबदली गर्ने सन्दर्भमा त्रिपक्षीय वार्ता हुनुपर्ने, युक्रेनको सुरक्षा ग्यारेन्टी हुनुपर्ने, नेटोमा संलग्नताबारे रुसले निर्णय गर्न नमिल्ने, युद्धविराम नभए रुसमाथि कडा प्रतिबन्ध लगाउनुपर्ने र ट्रम्प–पुटिनबिचको वार्ता तत्काल युद्धविराम गर्ने विषयमा केन्द्रित हुनुपर्ने रहेका छन् ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com