काठमाडौं । भारत प्रशासित कश्मीरको एक गाउँमा भारी वर्षापछि आएको बाढीमा परि ५६ जनाको मृत्यु भएको छ ।

कश्मीरको दुर्गम पहाडी गाउँ छोसिटीमा आएको बाढीमा परि अन्य धेरै बेपत्ता भएका छन् । भारतीय विपद् व्यवस्थापनका उच्च अधिकारी मोहम्मद इर्शादका अनुसार बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म ३ सय जना बढीको सुरक्षीत उद्दार गरिएको छ ।

advertisement

भारतका विज्ञान तथा प्रविधि उपमन्त्री जितेन्द्र सिंहले सो बाढीबाट ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । भारतीय अधिकारीहरुका अनुसार छोसिटी गाउँ जम्मु–कश्मीरको किश्तवार जिल्लामा पर्ने विकट हिमाली क्षेत्र हो ।

तिर्थ यात्राका लागि परिचित सो क्षेत्रमा बाढीमा परि धेरै व्यक्ति हराएको हुन सक्ने आशंका गरिएको छ । यसअघि भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली बजार क्षेत्रमा बाढी आएको थियो । बाढीमा परि धेरै व्यक्तिहरु हराइरहेका छन् भने बजार क्षेत्र ध्वस्त भएको छ ।

 

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com