काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेशको धनुषा र महोत्तरी जिल्लाको औपचारिक भ्रमणमा जाँदैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शुक्रबार बिहान ११:३० बजे काठमाडौंबाट प्रस्थान गर्ने छन्।
धनुषामा उनले मधेश प्रहरी कार्यालयको उद्घाटनसँगै एक सडकको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि महोत्तरीमा पुगेर अर्को सडकको शिलान्यास गर्ने योजना छ।
दुवै जिल्लामा निर्धारित कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री ओली आजै साँझ काठमाडौं फर्किने छन्।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया