काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्वमा स्थापित गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको प्रभावकारी कार्यान्वयनमा कांग्रेस अडिग रहेको बताएका छन्।

शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेसकै नेतृत्वमा रहेको सरकारले निरङ्कुश राणा शासनविरुद्ध बलिदान दिएका क्याप्टेन लखन थापा मगरलाई पहिलो शहीद घोषणा गरेको ऐतिहासिक कदमको स्मरण गरे।

advertisement

देउवाले मगर समुदायसहित आदिवासी–जनजातिले पाएका उपलब्धिहरूलाई सुरक्षित राखी अझ समावेशी लोकतन्त्र निर्माण गर्न कांग्रेस प्रतिबद्ध रहेको स्पष्ट पारे। साथै, परम्परागत ज्ञान, सीप र पेशाको संरक्षण तथा प्रवर्द्धनका साथै जलवायु परिवर्तनका प्रभाव न्यूनिकरणका लागि आदिवासी–जनजातिसँग सहकार्य गर्न पार्टी तत्पर रहेको पनि उनले उल्लेख गरे।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com