काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सातौँ सचिवालय बैठकले वरिष्ठ नेता वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयताको जिम्मेवारी दिने निर्णय गरेको छ। अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछि गौतमलाई यो स्थान तोकिएको हो।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा अध्यक्ष नेपालले गौतमलाई शपथ ग्रहण गराएका थिए। पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार, राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा प्रवेश गरेका नेताहरूलाई पनि जिम्मेवारी तोकिएको छ।

advertisement

बैठकले डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाउने निर्णय गरेको छ। त्यस्तै, भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहम्मद शेर वागवानलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com