काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले देखेको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको सपना अझै पूर्ण नभएको गुनासो गरेका छन्। शुक्रबार भक्तपुरको चाँगुनारायण नगरपालिकामा आयोजित चाँगुनारायण एभोकाडो सिटी अभियान उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष दाहालले भने, “सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा अगाडि बढाउँदा मैले देखेको सपना भनेको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र नै हो। आज चाँगुनारायणमा गरिरहेको कामले पनि त्यो सपना अघि बढिरहेको महसुस हुन्छ।”

advertisement

स्थानीय तहबाटै उपलब्ध स्रोत र सम्भावनाको सदुपयोग गरेमा देश छोटो समयमा आत्मनिर्भर बन्न सक्ने उनले बताए। तर, नेपालमा राष्ट्रिय अर्थतन्त्रको मूल मोडेलमा विदेशी नक्कल बढी हुने प्रवृत्ति रहेकोले त्यसलाई दुर्भाग्यपूर्ण ठानेका छन्। उनले जोड दिए, “हाम्रो सीप, श्रम र स्रोतलाई आफ्नै तरिकाले अघि बढाउने अभियान चलाउन सकियो भने नेपाललाई मौलिक विकासको मोडेलमा परिवर्तन गर्न सकिन्छ।”

अध्यक्ष दाहालले विदेशमा निर्भर हुने मानसिकता चुनौतीपूर्ण रहेको र पछिल्लो समय देशभित्रै सम्भावना र अवसरको विकास भइरहेको पनि बताएका छन्।

साथै उनले देश, इतिहास र विकास प्रक्रियाप्रति गर्व गर्ने मानसिकता विकास गर्नु आजको महत्वपूर्ण चुनौती रहेको बताए। “सकारात्मक सोच, रचनात्मक ढंगले काम गर्नु र गौरवशाली इतिहास तथा प्राकृतिक स्रोतको सदुपयोग गरेर आफ्नै मौलिक आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु नै हाम्रो मुख्य प्रक्रिया हो,” उनले निष्कर्ष निकाले।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com