काठमाडाैं । बाँके जिल्लाकाे नेपालगञ्जमा लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगर–५ पुलचोकका २७ वर्षीय विराज विकलाई बिहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी रामप्रसाद घर्तीले जानकारी दिए।

अस्थायी प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख प्रहरी सहायक निरीक्षक सुनिल शाहीको कमान्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा विकको साथबाट ४७ ग्राम ब्राउनसुगर बरामद गरेको हो।

advertisement

प्रहरीका अनुसार विक आफ्नी श्रीमतीसँग भारतको रुपैडिया क्षेत्रमा गएका थिए। श्रीमती किनमेलमा व्यस्त रहँदा उनले करिब साढे दुई लाख रुपैयाँमा ब्राउनसुगर खरिद गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। लागुऔषध बरामद भएपछि उनकी श्रीमतीलाई यसबारे कुनै जानकारी नभएको प्रहरीले जनाएको छ।

पक्राउ परेका विकलाई म्याद थपका लागि अदालत पेश गरिएको र लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com