काठमाडौं । नेकपा एमालेकी सांसद इन्दिरादेवी गौतमले नेपाली समाजमा मानसिक स्वास्थ्य समस्याहरू तीव्र रूपमा बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले राष्ट्रिय सभाको शून्य समयमा बोल्दै बेरोजगारी, आर्थिक संकट, पारिवारिक तनाव र लागूऔषध सेवन जस्ता कारणहरूले मानसिक रोग र आत्महत्याको दर बढ्दो अवस्थामा रहेको बताइन्।
सांसद गौतमले विशेषगरी युवाहरूमा मानसिक समस्या बढी रहेको औंल्याउँदै सीमित अस्पताल र थोरै मनोचिकित्सकका कारण उपचार कमजोर भएको उल्लेख गरिन्। साथै, ग्रामीण क्षेत्रसम्म मानसिक स्वास्थ्य सेवा नपुग्नु ठूलो चुनौती रहेको बताइन्।
उनले सरकारले मनोचिकित्सक, परामर्शदाता र आवश्यक उपचार सुविधा सुनिश्चित गर्दै प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया