काठमाडौं – नारणहिटी चतुर्व्यूह नारायण मन्दिरमा यस वर्ष पनि भक्ति, उत्साह र आध्यात्मिक वातावरणमा श्रीकृष्ण जन्माष्टमी महोत्सव तथा खटयात्रा विशेष उत्सव भव्य रुपमा आयोजना हुने भएको छ।

श्रीकृष्ण भगवानको अवतरण दिवसको अवसरमा आयोजना हुने उक्त कार्यक्रम प्राचीन परम्पराअनुसार श्रद्धालु भक्तजनहरूको सहभागितामा सम्पन्न हुने नारायणहिटी चतुर्व्यूह मन्दिरका पिठाधिस स्वामी डा. राजेश्वरानन्द सरस्वती जि महाराजले जानकारी दिए। उनका अनुसार, श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम साउन ३१ गते शनिवार साँझ ६:०० बजे सुरु हुनेछ। सो दिन श्रीकृष्ण जन्म स्तुति, कथा–प्रवचन, भजन–कीर्तन, श्रीविग्रह विशेष पूजन तथा प्रसाद वितरणको कार्यक्रम रहनेछ।

advertisement

त्यसैगरी, भदौ १ गते आइतबार खटयात्रा विशेष उत्सवको आयोजना हुनेछ। बिहान ९:०० बजे प्रवचन र भक्ति सङ्गीतको कार्यक्रम पछि साँझ ८:०० बजेदेखि खटयात्रा प्रारम्भ हुनेछ। खटयात्रा सम्पन्न भएपछि सामूहिक भोजन तथा प्रसाद ग्रहणको व्यवस्था गरिएको छ।

आयोजक समितिले धर्म, संस्कृति र सनातन सभ्यताको गौरवलाई उजागर गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमलाई भव्य र अनुशासित रूपमा सम्पन्न गर्न सम्पूर्ण श्रद्धालु भक्तजनलाई हार्दिक निमन्त्रणा गरेको छ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com