काठमाडौं । अस्ट्रेलियाको डार्बिनमा सुरु भएको टप एन्ड टी-२० क्रिकेट सिरिजमा नेपालले पहिलो खेल खेलिरहेको छ। टस जितेर पहिले बलिङ रोजेको नेपालले घरेलु टोली नर्दन टेरिटोरी (एनटी) सामना गर्दै छ।

नेपाली टोलीको ओपनिङ जोडीमा कुशल भुर्तेल र आसिफ शेख रहेका छन्। त्यस्तै टोलीमा रोहितकुमार पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, रुपेश सिंह, सोमपाल कामी, सन्दीप लामिछाने, साहब आलम र लोकेश बम रहेका छन्।

advertisement

सिरिजमा अस्ट्रेलियाको बिग ब्यास एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ‘ए’ टोली पनि सहभागी छन्। नेपालले सिरिजमा शनिबार बंगलादेश ‘ए’, सोमबार मेलवर्न स्टार्स एकेडेमी, बुधबार मेलवर्न रेनेगेड्स एकेडेमी र अर्को शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका तय भएको छ।

यो सिरिज आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्र छनोटको तयारीका लागि नेपालका लागि अभ्यासको महत्वपूर्ण हिस्सा मानिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको अनुसार, सिरिजपछि टोली अस्ट्रेलियामा थप एक साता अभ्यास गर्नेछ। नेपालले २६ अगस्टमा क्रिकेट एसिटीसँग दुई, २८ अगस्टमा साउथ अस्ट्रेलियासँग दुई टी-२० खेल खेल्नेछ। यस्तै ३० अगस्टमा साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल हुनेछ।

अस्ट्रेलियाको यो प्रशिक्षण सिरिजपछि नेपाल सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्ने तयारीमा छ।

नेपाल टोली: रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेश बम, साहब आलम।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com