काठमाडौं । गुन्डा चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार रुपैयाँ धरौटी बुझाएर रिहा गर्न अनुमति दिएको हो।

advertisement

बिहीबार पेशी हुन नसकेकाले मुद्दा स्थगित भएको थियो भने आज शुक्रबार इजलासले चक्रेको बयान सुनेर थुनछेक र धरौटी प्रक्रिया पूरा गरेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले भने, “चक्रेले तोकिएको धरौटी बुझाइसकेका छन् र रिहा प्रक्रियामा छन्।”

चक्रेविरुद्ध बिहीबार ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो। यसअन्तर्गत २०८१ साल भदौ १० गते सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा उनका भतिज मनिष रायमाझीमाथि आक्रमण गरेको आरोपमा चक्रेको नामसमेत उल्लेख गरिएको थियो। सो घटनामा सर्लाही घर भएका २५ वर्षीय अजित खवाससहित अन्य व्यक्तिहरूले खुकुरी प्रहार गरी मनिष घाइते पार्ने जाहेरी काका दिनेशकुमार रायमाझीद्वारा दिइएको थियो।

चक्रे बुधबार मात्रै जिल्ला प्रहरी परिसरको हिरासतबाट अभद्र व्यवहारको मुद्दामा ३० हजार धरौटी तिरेर रिहा भएका थिए। भक्तपुरमा नयाँ मुद्दा दर्ता भएपछि उनलाई पुनः धरौटीमा रिहा गर्न आदेश जारी गरिएको हो।

साउन १५ मा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त अपरेशनमा चक्रेसहित ४७ जना पक्राउ परेका थिए। उनीहरूको जन्मदिनको पार्टीमा होहल्ला गरेको आरोपमा मध्यराति महाराजगञ्जको होटल साम्बालाबाट प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com