काठमाडौं ।  काठमाडौंस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रम गरी भारतको ७९औँ स्वतन्त्रता दिवस मनाइएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै समारोहको शुभारम्भ गरिएको थियो । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरिएको थियो ।
त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरे। उनले रु छ करोड ४० लाखको एजीआइएफ (आर्मी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गरेका थिए ।
दूतावासले नेपालका सातै प्रदेश र २१ जिल्लामा रहेका ३९ शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ । यस पहलले दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने विश्वास गरिएको छ ।
कार्यक्रममा नेपालमा रहनुभएका भारतीय समुदायका सदस्यका साथै दूतावासका अधिकारीहरू र उनीहरूका परिवारले उत्साहजनक सहभागिता रहेको थियो । यस अवसरमा दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका विद्यार्थीले देशभक्तिपूर्ण गीतमा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com