काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको शान्ति–सुव्यवस्था अस्थिर पार्न विभिन्न शक्ति सक्रिय रहेको आरोप लगाएका छन्।

शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले केही समूहहरू देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयासमा रहेको बताए।

advertisement

उनका अनुसार, “भड्काउने मानिसहरू धेरै छन्, जसले शान्ति खल्बल्याएर मुलुकलाई राजतन्त्र वा राणातन्त्रतर्फ फर्काउन खोजिरहेका छन्। मौका पाउँदा दुवै उस्तै–उस्तै हुन्,” उनले भने।

प्रधानमन्त्री ओलीले ऐतिहासिक घटनाहरूको स्मरण गर्दै, राणाहरूले अवसर पाउँदा गरेको दमन र राजाहरूले अवसर पाउँदा गरेका कदममा खासै भिन्नता नरहेको टिप्पणी गरे।

उनले २०१७ सालको घटनाक्रम, २०५८ सालको दरबार हत्याकाण्ड, त्यसपछिका राजनीतिक अस्थिरता, निर्वाचित प्रधानमन्त्रीको बर्खास्ती, नेताहरूको थुनाइ तथा जनअधिकार हरणलाई उदाहरण दिँदै, “त्यस्ता अँध्यारा दिनहरू फर्काउन खोज्ने प्रयासलाई हामी रोक्नुपर्छ,” भन्ने चेतावनी दिए।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com