काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अहिले लागूपदार्थको समस्याबाट पीडित भइरहेको बताएका छन्। शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो स्थिति औँल्याएका हुन्।

उनले भने, “आज नेपाल नै लागूपदार्थको समस्याबाट ग्रस्त छ। हाम्रा बालबालिकाहरू फसाइरहेका छन्। केही पैसाका लागि देशलाई बर्बादीतर्फ धकेल्ने प्रयास भइरहेका छन्।”

advertisement

प्रधानमन्त्री ओलीले मधेस प्रदेशमा लागूपदार्थ सजिलै भित्रिनु र बालबालिका तथा युवाहरू फसिनु असहज स्थिति भएको बताए। त्यसैगरी, भन्सारबाट उठ्नुपर्ने राजस्व नउठ्नु पनि चुनौती रहेको उनले उल्लेख गरे।

उनले भने, “भन्सार र बोर्डर खुला छन्। त्यसको दुरुपयोग गरेर नाजायज फाइदा उठाउनेलाई रोक्न आवश्यक छ। मधेस प्रदेशमा केही उजुरी आइरहेका छन्, जसमा निर्दोष फसाउने र दोषी उम्काउने गतिविधि देखिएको छ। प्रहरीले यसबारे सचेत हुनुपर्छ।”

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com