सप्तरी । सप्तकोशी नगरपालिका–४ तुलसी चोकबाट स्रोत खुल्न नसकेको रु २० लाख ७८ हजार नगदसहित दुई जना पक्राउ परेका छन्।
बिहीबार साँझ पक्राउ परेका मध्ये धनकुटाको सहिदभूमी गाउँपालिका–३ का २१ वर्षीय जीवन लम्जेल र सोही गाउँपालिका–१ का २८ वर्षीय आएन राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी चौकी फत्तेपुरको टोलीले कञ्चनपुरबाट फत्तेपुरतर्फ गइरहेको को ३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा नगदसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया