काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक विवाद झन् तीव्र बनेको छ। अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संसदीय दलका नेता गंगाराम चौधरीमाथि कारबाही गरेसँगै मतभेद थप चुलिएको हो।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठले पार्टीले मागेको स्पष्टीकरणको जवाफ नदिएको कारण चौधरीमाथि कारबाही गरिएको र सो जानकारी संसद्लाई आधिकारिक रूपमा पठाइएको उल्लेख गरेकी छन्।
उनका अनुसार, संसदीय दलको नेताको हैसियतमा रहेका चौधरीले आफूले नपाएको महासचिवको पद प्रयोग गरेको, पार्टीको लेटरप्याड र छापको दुरुपयोग गर्दै संगठनको हितविपरीत गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ।
श्रेष्ठले प्रारम्भिक स्पष्टीकरण माग्दा असन्तोषजनक जवाफ आएपछि पुनः स्पष्ट पार्न आग्रह गर्दा पनि चौधरीले कुनै प्रतिक्रिया नदिएको भन्दै कारबाहीको निर्णय गरिएको बताएकी छन्।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया