काटमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना नर्वेका अर्थमन्त्री जेन्स स्टोल्टेनबर्गलाई नोबेल शान्ति पुरस्कारमा आफ्नो दाबीबारे चर्चा गर्न अकस्मात् फोन गरेका छन्।

नर्वेली पत्रिका भर्देन्स ग्याङका अनुसार ट्रम्पले भन्सार दरबारे कुरा गर्न फोन गरे पनि वार्तामा आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने कुरा उठाएका थिए। एक नर्वेली सरकारी अधिकारीले पनि उक्त विषय पुष्टि गरेको अमेरिकी अनलाइन मिडिया ‘पोलिटिको’ले उल्लेख गरेको छ।

advertisement

स्टोल्टेनबर्गले पोलिटिकोसँग फोन वार्ता भएको स्वीकार गरे तर पुरस्कारबारे टिप्पणी गर्न अस्वीकार गरे। “हामीले भन्सार र आर्थिक सहकार्यबारे छलफल गर्‍यौं। म विस्तृत विवरणमा जान चाहन्न,” उनले भने।

स्विडेनस्थित नोबेल फाउन्डेसनले विभिन्न विधामा नोबेल पुरस्कार प्रदान गर्छ भने शान्ति पुरस्कारको छनोट नर्वेली संसदले सिफारिस गरेका पाँच सदस्यीय समितिले गर्छ।

ट्रम्पले पहिलो कार्यकालदेखि नै नोबेल पुरस्कारको दाबी गर्दै आएका छन्। उनले भारत–पाकिस्तान र इरान–इस्रायलबीचको युद्ध रोकिएको श्रेय पाएका दाबी गरेका छन्। हाल उनी रूस–युक्रेन युद्ध अन्त्यका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकाको अलास्कामा शुक्रबार भेट्ने कार्यक्रम छ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com