काठमाडौं । हिजोमात्रै सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका देवेन्द्र यादवलाई नेपाली कांग्रेसले तत्कालै निष्कासन गरेको छ।

देवेन्द्र यादव फरार अभियुक्त भएको अवस्थामा कांग्रेसले उनलाई सदस्यता दिएको भन्दै आलोचना खेप्नु परेको थियो।

advertisement

आज (शुक्रबार) मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि यादव सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्यासम्बन्धी अभियुक्त हुन्।

विज्ञप्तिमा उल्लेख छ, केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई पार्टी कार्यकक्षभित्र प्रवेश गराएर सदस्यता प्रदान गर्न आग्रह गरेका थिए। सभापतिले प्रारम्भिक सदस्यता प्रदान गर्नु भएको हो। तर पछि बुझ्दा निजमाथि फौजदारी कानुनी कारबाही प्रक्रिया जारी रहेको देखिएको हुँदा यादवको पार्टी सदस्यता तत्काल खारेज गरिएको जानकारी गराइन्छ।

हिजो कांग्रेस प्रवेश गरेका फरार अभियुक्त यादव आज निष्कासित

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com