काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नक्खु कारागार स्थानान्तरण गर्ने निर्णय भएको छ।
यसअघि नै कारागार स्थानान्तरणको लागि निवेदन दिएका लामिछानेको माग लामो समयसम्म स्वीकृत नभए पनि अन्ततः कारागार विभागले उनको निवेदन अनुसार निर्णय गरेको हो। हाल उनी पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका छन्।
कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार, आजै उनलाई कारागार सरुवाका लागि निर्णय गरेर रुपन्देही पठाइएको छ।
“उनी आफैंले निवेदनमा नक्खु कारागार चाहेको उल्लेख गरेका थिए, सोही अनुसार हामीले निर्णय गरेका हौं,” महानिर्देशक शर्माले बताए।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया