काठमाडाैं । वरिष्ठ अभिनेता नीरविक्रम शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको राजनीतिको सबैभन्दा परिष्कृत नेताका रूपमा मूल्यांकन गरेका छन्।

बिहीबार नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै शाहले देउवाबाट समाज, पार्टी र लोकतान्त्रिक धारणा पछ्याउनेहरू सबैले अझै धेरै कुरा सिक्न बाँकी रहेको बताए। उनले भने, “सभापति देउवा नेपाली राजनीतिको सबैभन्दा परिष्कृत व्यक्तित्व हुनुहुन्छ। उहाँबाट समाज र उहाँको विचारलाई अंगिकार गर्नेहरूले धेरै कुरा सिक्न बाँकी छ।”

advertisement

शाहले समयलाई एउटा ठुलो अवरोधका रूपमा महसुस भइरहेको उल्लेख गर्दै त्यस किसिमका छेकबार हटाउन यस्ता कार्यक्रमहरू उपयोगी हुने धारणा राखे। “समय नै सबैभन्दा ठूलो छेकबार हो भन्ने लाग्छ। तर यस्ता समारोहहरूले त्यस्ता अवरोध पन्छाउन महत्वपूर्ण भूमिका खेल्छन्,” उनले भने।

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com