काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट आज दिउँसो काठमाडौं ल्याइँदैछ।

बुटवलमा सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि उनी रुपन्देही कारागारमा रहेका थिए। लामिछानेले जेठ महिनामै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। अदालतले पनि अनुमति दिएको भए पनि गृह प्रशासनले त्यसबेला प्रक्रिया रोकेको थियो।

advertisement

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले केही दिनअघि रुपन्देही कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफू असुरक्षित भएको बताएपछि सरकारले उनलाई काठमाडौं सार्ने निर्णय गरेको हो।

कारागार विभागका अनुसार लामिछानेलाई आज दिउँसो ३:१० बजे बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइने भएको छ।

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com