काठमाडाैं । बान्निगढी जयगढ गाउँपालिका–१, जयगढ बजारमा झण्डा फहराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

कृष्ण जन्माष्टमीका अवसरमा मेलाको तयारीस्वरूप सार्वजनिक स्थलमा राष्ट्रिय झण्डा गाड्दा फलामे झण्डा बिजुलीको तारमा छुने क्रममा करेन्ट लागेको हो। करेन्ट लागेर घाइते १६ वर्षीय रोहित साउद (मेल्लेख गाउँपालिका–७, नन्देगडा)को उपचारका क्रममा बयालपाटा प्रादेशिक अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए।

advertisement

उक्त घटनामा घाइते भएका १८ वर्षीय समीर शाह (बान्निगढी जयगढ–६), १७ वर्षीय विनोद रावत, २० वर्षीय बम शाह, १६ वर्षीय लवशन सुनार (साँफेबगर नगरपालिका–४, मुगसैन) र १६ वर्षीय शमशेर साउद (रामारोशन गाउँपालिका–६, भाटाकाटिया) उपचाररत छन्। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com