काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना गरेका छन् । त्यसपश्चात् उनलाई मन्दिरका पुजारीले फूल प्रसाद प्रदान गरेका थिए । साथै राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गरेका थिए ।

राष्ट्रपतिलाई मन्दिर परिसरमा ललितपुरबाट निर्वाचित सङ्घीय संसद्का सदस्य, वाग्मती प्रदेशका कृषिमन्त्री मधुसूदन पौडेल, वाग्मती प्रदेशसभा सदस्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकाल, महानगरउपप्रमुख मञ्जली शाक्य बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरे, महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलगायत नगरवासीले स्वागत गरेका थिए ।

advertisement

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com