काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि कडा व्यङ्ग्य गरेका छन्।

कृष्ण जन्माष्टमीको दिन रुपन्देही कारागारबाट नख्खु जेल सारिएका लामिछानेलाई लक्षित गर्दै बस्नेतले उनलाई ‘कलियुगका जेलभित्ते कृष्ण’ भन्दै व्यङ्ग्य गरेका हुन्। उनले लामिछानेले राजनीतिक फाइदा लिनकै लागि नाटक मञ्चन गरिरहेको आरोप लगाउँदै, “जनतालाई झुक्क्याउने नाटक अब बन्द गर,” भन्ने चेतावनीसमेत दिए।

advertisement

रवि लामिछानेले विगतमा गरेका कार्यहरूको विवरण दिँदै बस्नेतले अरूलाई पर्दा ठिक आफूलाई पर्दा बेठिक भन्ने मान्यता लामिछानेले बसाएको आरोप लगाए। ‘कलियुगका जेलका भित्ते कृष्णजीको नाटकै नाटक’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब जनतालाई झुक्काउने र स्टनबाजी गर्ने नाटक बन्द गर कलियुगका जेलका भित्ते कृष्णजी!।’

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com