काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ।
आइतबार बिहान खनालको डल्लुस्थित निवासमा भएको उक्त भेटमा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल भएको स्रोतले जनाएको छ। हालैका दिनमा समाजवादी मोर्चामा आवद्ध दलहरूबीच सहकार्यलाई सुदृढ बनाउँदै पार्टी एकतासम्बन्धी छलफल तीव्र बनेको छ।
नेकपा (एकीकृत समाजवादी), नेकपा र माओवादी केन्द्रबीच पार्टी एकताको सम्भावना निरन्तर चर्चामा रहे पनि अहिलेसम्म ठोस प्रक्रिया अघि बढ्न सकेको छैन।
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार













प्रतिक्रिया