काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहारको बोधगयामा भेटवार्ता हुने भएको छ। ओलीले आगामी सेप्टेम्बर १६–१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने कार्यक्रम तय भइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

बुद्धले ज्ञान प्राप्त गरेको पवित्र स्थल बोधगयामा हुने भेटवार्तामा दुई देशबीच आपसी चासो, विकास सहकार्य र कनेक्टिभिटीका विषयमा छलफल हुने बताइएको छ।

advertisement

२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएपछि ओलीको यो पहिलो भारत भ्रमण हुनेछ। भ्रमणको तयारीलाई टुंग्याउन भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार नेपाल आएका छन्।

परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा हुने यस भ्रमणका क्रममा मिस्रीले नेपालका उच्च पदाधिकारीहरूसँग भेटवार्ता गर्ने र सचिवस्तरीय छलफलमा सहभागी हुने कार्यक्रम रहेको भारतीय पक्षले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार मिस्रीको यो भ्रमण दुई देशबीच नियमित उच्चस्तरीय सम्पर्क र सहकार्यलाई निरन्तरता दिने तथा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने अवसर हुनेछ।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com