काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणमा नेपाली सेनाको विमान प्रयोग गर्ने भएका छन्। यसका लागि भारतीय पक्षसँग अनुमति लिने प्रक्रिया अघि बढाइएको परराष्ट्र स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल सेनाको विमानमार्फत काठमाडौंबाट बिहारको बोधगया प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीले आगामी भदौ ३१ गतेदेखि असोज १ गतेसम्म भारतको दुई दिने औपचारिक भ्रमण गर्न लागेका हुन्। यस अवसरमा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बोधगयामा द्विपक्षीय भेटवार्ता तय भएको छ।
भ्रमणका तयारीबारे छलफल गर्न भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार काठमाडौं आएका छन्। उनले प्रधानमन्त्री मोदीको तर्फबाट ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणापत्रसमेत हस्तान्तरण गरेका छन्।
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार













प्रतिक्रिया