काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा देशभर विद्युत् खपत १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको जनाएको छ।

प्राधिकरणका अनुसार हाल राष्ट्रिय विद्युत् प्रणालीको कुल जडित क्षमता ३ हजार ५९१ मेगावाट पुगेको छ। यसमा प्राधिकरण र यसको सहायक कम्पनीहरूको हिस्सा ३४ प्रतिशत छ भने स्वतन्त्र ऊर्जा उत्पादकहरूको योगदान ५५ प्रतिशत रहेको छ। बाँकी ११ प्रतिशत विद्युत् भारतबाट आयात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए।

advertisement

उपभोक्ता संख्या अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले बढ्दै ५७ लाखभन्दा माथि पुगेको छ। त्यस्तै, विद्युत् चुहावटमा सुधार देखिएको प्राधिकरणको दाबी छ। अघिल्लो वर्षभन्दा ०.४७ प्रतिशत कम हुँदै यस वर्ष चुहावट १२.२६ प्रतिशतमा सीमित भएको शाक्यले बताए।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com