पाल्पा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको विकासमा बाधक रहेका तीन प्रमुख अस्थिर तत्व समाप्त भएको बताएका छन्।

आइतबार पाल्पामा आयोजित पत्रकार सम्मेलनमा उनले जनतालाई भ्रममा पार्ने र संघीय गणतान्त्रिक व्यवस्थाको विरोध गर्नेहरूको अब कुनै भविष्य नरहेको स्पष्ट पारे। उनका अनुसार यी अस्थिरताका मुख्य तीन स्रोतहरू राजावादी, राजनीतिमा देखिएको एजेन्डाविहीन प्रवृत्ति र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) हुन्।

advertisement

‘प्रतिगामी तत्व राजावादी, एजेन्डाविहीन राजनीति र सत्ता कब्जाका लागि प्रतिपक्षीको चलखेल मुलुकमा अस्थिरताको प्रमुख कारण हुन्,’ उनले भने, ‘तर यी सबैलाई नियन्त्रणमा ल्याइसकिएको छ।’

मन्त्री पौडेलले २०८४ को आमनिर्वाचनसम्म हालको सत्ता गठबन्धन कायम रहने पनि दोहोर्‍याए। उनले भने, ‘कसैले चाहँदैमा, रोइकराइ गर्दैमा, नानाथरी बोल्दैमा यो सरकार ढल्ने अवस्था छैन। वर्तमान गठबन्धन २०८४ सम्म स्थायी रहने छ र मुलुकलाई विकास, स्थिरता र समृद्धितर्फ लैजाने छ।’

अर्थमन्त्री पौडेल अहिले पाल्पा पुगेका छन्, जहाँ उनी रणउजेश्वरी भगवतीको रथयात्रामा सहभागी हुँदै अंग्रेजलाई युद्धमा हराएको खुशीको अवसर मनाइरहेका छन्।

उनी आगामी दिनमा मुलुकलाई स्थिरतातर्फ लैजान गठबन्धन तत्पर रहेको र प्रतिनिधि सभामा सदस्यहरूको अंकगणितले पनि सरकारको स्थिरता सुनिश्चित गर्ने बताउँदै आर्थिक र राजनीतिक स्थायीत्वमा जोड दिएका छन्।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com