काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति कटाक्ष गरेका छन्। उनले रविलाई “जेलभित्ते कृष्ण” उल्लेख गर्दै कलाकार ज्योति मगरलाई राजनीतिक चेत भएको सच्चा बौद्धिकका रूपमा वर्णन गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत बस्नेतले लेखेका छन्, “हिजोसम्म जेलभित्ते कृष्ण (रवि लामिछाने) ज्योति मगरभन्दा बढी बौद्धिक लाग्थे। हिजोबाट त्यो भ्रम चिरियो। ज्योति मगर नै जेलभित्ते कृष्ण भन्दा राजनीतिक चेत भएको सच्चा बौद्धिक रहेछिन्।”

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार













प्रतिक्रिया